काठमाडौ. १५ पुष । नेकपा काभ्रेको जिल्ला कमिटी बैठकले दाहाल नेपाल पक्षका अध्यक्ष रुकु चौलागाई र सचिव टोकबहादुर वाईबालाई पदमुक्त गर्ने निर्णय गरेको छ ।
चौलागाईको स्थानमा केन्द्रिय सदस्य समेत रहेका अशोक व्याञ्जु र सचिव वाईबाको स्थानमा नारायण पाण्डेलाई जिम्मेवारी दिने निर्णय बैठकले गरेको पत्रकार सम्मेलन मार्फत जानकारी लिईएको हो ।
पार्टीको नेतृत्व गर्नुको सट्टा गुटगत गतिविधि गर्ने र गुटगत भेला आयोजना गरि पार्टी एकतालाई भाँड्ने लगायतका कार्य गरेको बताईएको छ ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा काभ्रे जिल्ला कमिटीको दोश्रो पूर्ण बैठक पार्टी केन्द्रीय कमिटी सदस्य तथा जिल्ला इन्चार्ज गोकुल बाँस्कोटाको अध्यक्षतामा सम्पन्न भएको थियो ।




