नेताहरुको सम्पत्ति छानबिन गर्न राप्रपा अध्यक्ष लोहनीको माग | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २ २०८१, शुक्रबार

नेताहरुको सम्पत्ति छानबिन गर्न राप्रपा अध्यक्ष लोहनीको माग

काठमाडौं, ११ पुष । राप्रपा अध्यक्ष प्रकाशचन्द्र लोहनी नेताहरुको सम्पत्ति छानबिन गर्न स्वतन्त्र आयोग गठन गर्नुपर्ने माग गर्नुभएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै राप्रकाका अर्का अध्यक्ष लोहनीले अहिलेका शासकहरुले देशको अत्याधिक दोहन गरेको आरोप लगाउनुभयो ।

शनिबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को भातृ संगठन प्रजातान्त्रिक युवा संगठन काठमाडौंमा मोटरसाइकल ¥याली निकालेको छ । शनिबार काठमाडौंको बबरमहलबाट सुरु भएको मोटरसाइकल ¥याली माइतीघर मण्डला, थापाथली, त्रिपुरेश्वर, न्यूरोड गेट हुँदै दरबारमार्गमा रहेको पूर्व राजा महेन्द्रको शालिक अगाडि पुगेर कोण सभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै राप्रपाका अध्यक्ष कमल थापाले अब देशमा छिट्टै हिन्दु राष्ट्र र संवैधानिक राजसंस्था पुर्नस्थापना हुने बताउनुभयो ।

यस्तै अहिले राजा देशमा आउन खोजेको भन्दा पनि जनताले नै ल्याउन खोजेको राप्रपाका तारानाथ लुइँटेल नेताको भनाई छ । जनता नै अन्तिम शक्ति भएकाले नेपालमा छिट्टै संवैधानिक राजसंस्था स्थापित हुने उहाँको भनाई छ ।

पछिल्लो समय राप्रपाका छुट्टाछुट्टै घटक एक भइ एकीकृत राप्रपा बनेसँगै राप्रपाले सडक आन्दोलन सुरु गरेको छ । प्रतिनिधि विघटन भएसँगै राजनैतिक दलहरु आफ्नो एजेण्डा जनता समक्षा पु¥याउन सशक्त रुपमा अगाडि आइरहेका छन् । तर, यी आन्दोनमा कोरोना महामारी विरुद्ध सुरक्षा मापदण्ड भने अपनाइएको पाइँदैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);