एजेन्सी, १० पुष । ल्याटिन अमेरिकी मुलुकहरुमा पनि कोरोना विरुद्धको खोप दिन सुरु गरिएको छ । ल्याटिन अमेरिकी मुलुकहरु मेक्सिको, चिलि र कोस्टारिकामा सामुहीक खोप अभियान सुरु भएको छ ।
मेक्सिकोमा पहिलो चरणमा अमेरिकी–जर्मन कम्पनी फाइजर–बायोएन टेकले उत्पादन गरेको खोपको ३ हजार डोज पुगिसकेको बतायएको छ । उसले ३ करोड ४० लाख डोज खोप खरिद गरिसकेको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन ।
मेक्सिकोमा कोरोनाबाट हुने मृत्युदर उच्च छ । त्यहाँ १ लाख २१ हजार १ सय भन्दा बढीले कोरोनाका कारण ज्यान गुमाएका छन । अमेरिका, ब्राजिल र भारतपछि मेक्सिको सबैभन्दा धेरैको मृत्यु हुने देशमा रहेको छ ।
चिली र कोस्टारिकामा पनि फाइजर–बायोएनटेकको खोप दिईदैछ ।अर्जेन्टिनाले भने रुसले बनाएको स्पुतनिक भी खोप प्रयोगको अनुमति दिएको छ ।