दाहाल–नेपाल पक्षका नेता कार्यकर्ता हस्ताक्षरसहित निर्वाचन आयोगमा | ईमाउण्टेन समाचार

Our Network

चैत १७ २०८२, बुधवार

दाहाल–नेपाल पक्षका नेता कार्यकर्ता हस्ताक्षरसहित निर्वाचन आयोगमा

काठमाडौं, १० पुष । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले निर्वाचन आयोगमा केन्द्रीय कमिटी सदस्यको औपचारिक हस्ताक्षर बुझाएको छ ।

प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनमा उत्रिएको दाहाल–नेपाल पक्षका नेता कार्यकर्ता हस्ताक्षर सहित निर्वाचन आयोग पुगेका थिए ।केन्द्रीय कमिटीका २ सय ९५ जनाको हस्ताक्षर आयोगलाई बुझाइएको हो । आयोगका पदाधिकारीले दलको आधिकारिकताबारे छिट्टै निर्णय हुने आश्वासन दिएका नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनु भयो ।

दलको आधिकारिकताका लागि अध्यक्षद्वय दाहल नेपाल र वरिष्ठ नेता झलनाथ खनाल पनि आयोग पुग्नुभएको थियो । दाहाल नेपाल पक्षले आफूहरुसंग बहुमत केन्द्रीय सदस्य रहेको दाबी गरेका छन । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा बिघटन गरेपछि नेकपा बिभाजनको डिलमा पुगेको छ ।

Leave a Reply

ताजा समाचार