काठमाडौं, ८ पुष । महिलाहरुको हकहित संरक्षण गर्ने उद्देश्यसहित स्थापना भएको राष्ट्रिय महिला आयोग पछिल्लो ३ वर्षदेखि पदाधिकारीविहीन अवस्थामा थियो । सरकारले पछिल्लो समय आयोगको अध्यक्षमा कमला पराजुली र सदस्यद्वयमा कृष्णकुमारी पौडेल र विद्याकुमारी सिन्हालाई नियुक्त गरेको छ । यो सँगै आयोगले आफ्नो कामहरु नियमित गर्ने बाटो खुलेको छ ।




