काठमाडौं, ७ पुष । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संसद विघटनपछि अव निर्वाचनमा जानु नै उत्तम विकल्प भएको बताउनुभएको छ ।
सामाजिक सञ्जाल ट्विटरमार्फत आफ्नो धाराण व्यक्त गर्दै अध्यक्ष थापाले फोहोरी गठबन्धन बनाएर ब्रम्हलुट मच्चाउनु र कुशासनको श्रृखला शुरू गर्नुभन्दा ताजा जनादेशमा जानु उपयुक्त भएको बताउनुभएको हो ।
संसद विघटनको वैधानिकताको परिक्षण, निरुपण र व्याख्या सर्वोच्च अदालतले गर्ने नै छ भन्दै थापाले घोडा व्यापार र फोहरी गठवन्धन बनाएर ब्रम्हलुट र कुशासनको दोस्रो श्रृखला शुरू गर्नु भन्दा विगतको गलत अवधारणा र मार्गचित्र सच्याउन र भ्रष्ट नेतृत्वबाट मुक्तिकोलागि ताजा जनादेशमा जानु उत्तम विकल्प र अवसर रहेको उल्लेख गर्नुभएको छ ।