काठमाडौं, १ पुष । स्थायी कमिटी बैठक सुरु हुनुअघि प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्ड छलफलमा जुट्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार दुई अध्यक्षबीच छलफल भएको हो ।
मंगलबार राष्ट्रपतिले अध्यादेश जारी गर्दै संवैधानिक परिषद्को कार्यविधि संशोधन गरेपछि सो पार्टी भित्र विवाद थपिएको छ । मंसिर २८ गते बसेको बैठकले सो पार्टीका स्वर्गीय नेता कमानसिंह लामाको निधन प्रति शोक प्रस्ताव पारित गर्दै पुस १ सम्मका लागि स्थगित भएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्डका फरक फरक राजनीतिक प्रस्ताव छलफलका लागि पेश भएका छन् । प्रधानमन्त्री ओलीले प्रचण्डको प्रस्तावलाई आरोप पत्रको संज्ञा दिनुभएको छ ।