अस्थिरताको खेती गर्ने प्रवृत्तिलाई नेकपाले परास्त गर्छ : अर्थमन्त्री पौडेल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

अस्थिरताको खेती गर्ने प्रवृत्तिलाई नेकपाले परास्त गर्छ : अर्थमन्त्री पौडेल

बुटवल, ३० मंसिर । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेकपा भित्रको अन्तरविरोधमा सुँड घुसाएर मुलुकलाई अस्थिरता तिर धकल्ने प्रयास भएको बताउनु भएको छ ।
मगंलबार बुटवलमा कान्ति माध्यमिक विद्यालयको शैक्षिक तथा छात्रावास भवनको शिलान्यास गर्दै पौडेलले यस्तो बताउनुभएको हो ।

नेकपाका महासचिव समेत रहनु भएका पौडेलले पार्टी भित्र अहिले देखिएका समस्यालाई ब्यवस्थापन र समाधान हुने दावी गर्नुभयो । पौडेलले विग्रहको खोजी गर्ने र वैकल्पिक सरकार बनाउन सकिन्छ कि भनेर अँध्यारो कोठामा योजना बन्ने प्रयास भईरहेको र त्यस्तो प्रयास विफल हुने दावी गर्नुभयो ।

नेपालमा राजनीतिक अस्थिरताको खेती गर्ने जस्ता प्रवृत्तिलाई नेकपाले परास्त गर्ने उहाँको दाबी छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);