अमेरिकामा फाइजरको खोपलाई एफडीएले दियो स्वीकृति | ईमाउण्टेन समाचार

Our Network

फागुन ४ २०८१, आइतबार

अमेरिकामा फाइजरको खोपलाई एफडीएले दियो स्वीकृति

एजेन्सी, २७ मंसिर । अमेरिकामा कोरोना भाइरसविरुद्ध फाइजर–बायो टेक कम्पनीको खोपले आम सर्वसाधारणलाई लगाउनका लागि अनुमति पाएको छ ।अमेरिकाको खाद्य तथा औषधि प्रशासन एफडीएले कोरोनाविरुद्धको भ्याक्सिन प्रयोगका लागि स्वीकृति दिएको हो ।

अब भ्याक्सिन देशभर पु¥याइने र अभियान केहीदिनभित्रै सुरु हुने अधिकारीहरुले जनाएका छन् । फाइजर तथा बायोएनटेकले तयार पारेको कोरोना भ्याक्सिन ९५ प्रतिशत प्रभावकारी मानिएको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार पहिलो चरणमा यो खोप अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी र जोखिमयुक्त क्षेत्रम काम गर्नेहरुलाई दिइनेछ ।

खोप आउँदो हप्ताबाट शुरु गरिने अपेक्षा गरिएको बताइएको छ । यसरी फाइजरको खोपलाई औपचारिक रुपमा अनुमति दिने अमेरिका चौथो राष्ट्र बनेको छ । यसअघि बेलायत, बहराइन र क्यानडाले आकस्मिक प्रयोगका लागि अनुमति दिइसकेका थिए ।

शनिबारसम्ममा अनुमति मिल्ने अनुमान गरिए पनि ह्वाइट हाउसका चिफ अफ स्टाफ मार्क मेडोसले शुक्रबारसम्म अनुमति नदिए एफडिएका कमिशनर स्टेफन हानलाई राजीनामा दिन दबाब दिएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);