जनकपुरधाम विमानस्थलको नयाँ टर्मिनल भवन संचालनमा | ईमाउण्टेन समाचार

Our Network

फागुन १४ २०८१, बुधवार

जनकपुरधाम विमानस्थलको नयाँ टर्मिनल भवन संचालनमा

जनकपुरधाम, २३ मंसिर । ४५ करोडको लागतमा सम्पन्न भएको जनकपुरधाम विमानस्थलको नयाँ टर्मिनल भवन मंगलबार देखि संचालनमा आएको छ । निर्माण काम सुरु भएको ८ वर्ष पछि नयाँ टर्मिनल भवनको निर्माण कार्य सम्पन्न भएको हो ।

भवनको संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराई उद्घाटन गर्नुभएको छ । २०६९ कार्तिकमा १८ करोडको लागतमा निर्माण गर्न तत्कालीन पर्यटन तथा नागरिक उड्डयनमन्त्री पोष्टबहादुर बोगटीले टर्मिनल भवनको शिलान्यास गर्नु भएको थियो । डेढ वर्ष भित्र निर्माण सम्पन्न गर्ने गरी पप्पु एण्ड एनके कन्स्ट्रक्सन तथा नेपाल नागरिक उड्डयन प्राधिकरण बीच २०६९ असोज १५ मा सम्झौता भएको थियो ।

प्राविधिक समस्या, रकम अभाव लगायतका कारण टर्मिनल भवन निर्माण कार्य पटक पटक लम्बिदै आएको थियो । ८ वर्ष पछी कुल ४५ करोडको लागतमा नया टर्मिनल भवनको निर्माण कार्य सम्पन्न भएको हो । नयाँ टर्मिनल भवनको प्रस्थान कक्षमा २ सय ५० यात्रु बस्न सक्ने व्यवस्था मिलाइएको छ । जनकपुरधाम विमानस्थलबाट अहिले दैनिक ३ वटा निजि विमान कम्पनीले सेवा दिदै आएका छन् ।

बुद्ध एयरले दैनिक ३, यति एयरले २ र श्री एयरलाइन्सले दैनिक एक पटक जनकपुरधाम–काठमाडौं उडान गर्दै आइरहेका छन् । आधुनिक टर्मिनल भवनमा १ सय ५० मोटरसाइकल, ८० वटा कार तथा जीप पार्क गर्न सक्ने क्षमताको पार्किङ स्थल बनाइएको छ । त्यस्तै टर्मिनल भवनमा अलग्गै स्तनपान कक्ष र धुम्रपान कक्ष समेत बनाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);