रुपन्देही, २३ मंसिर । रुपन्देहीको तिलोत्तमा जानकीनगरमा कारले स्कुटरलाई ठक्कर दिँदा एक जना गम्भिर घाइते भएका छन् ।
बुटवलबाट भैरहवातर्फ जांदै गरेको बा १३ च ४७७० नम्बरको कारले जानकीनगरचोकमा सोही दिशातर्फ जांदै गरेको लु ३० प १६७९ नम्बरको स्कूटरलाई ठक्कर दिँदा एक जना घाइते भएका हुन् । ठक्करबाट बुटवल ११ का ३२ बर्षिय आविश्कार खनाल गम्भीर घाइते भएका छन् ।
कार चालक बुटवल ६ का २६ बर्षीय समिन थापा रहेकाे प्रहरीले जनाएको छ । घाइतेकाे तिलोत्तामाकै क्रिमसन अस्पतालमा उपचार शुरु गरिएकाे छ ।