दाङ, २२ मंसिर । दाङको देउखुरीबाट ब्राउन सुगर सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर १ जुरौनी स्थित गफुर मियाको घरबाट ३० ग्रामलागुऔषधब्राउन सुगर सहित ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
लुम्बिनीप्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रहरी वरिष्ठ उपरिक्षक राजकुमार बैदवारका अनुसार पक्राउ पर्नेमा राप्तीगाउँपालिका वडा नम्बर ९ देवीकोट निवासी ३७वर्षिय सङसुलहकमिया, प्युठान सरुमारानीगाउँपालिका वडा नं. १ बाङ्गेसालनिवासी ३० वर्षिय ईसादिनमिया, सोही ठाउँ निवासी २८ वर्षिय अजितमिया, सोही वडा माझेलाठी निवासी २३ वर्षिय रबिन नेपाली, बाङ्गेसालनिवासी २४ वर्षिय ईदिस मिया र गढवा गाउँपालिका वडा नम्बर १ जुरौनीनिवासी ३२ वर्षिय गफुर मियालाई आइतबार राती साढे ८ बजे तिर पक्राउ गरेको छ ।
ईलाकाप्रहरी कार्यालय गढवाले यस विषयमाथप अनुसन्धान गरिरहेको छ ।