एक लिटरको १ अर्ब १० करोड पर्ने बिच्छीको विष, यस्ता काममा हुन्छ उपयोगी | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८२, आइतबार

काठमाडौं, १६ असोज । संसारका सबभन्दा महंगा तरल पदार्थमा बिच्छीको विष पनि पर्छ। यसको एक लिटरको मूल्य एक अर्ब डलरभन्दा बढी पर्छ। लीउरुस क्विन्क्वेस्ट्रियाटस प्रजातिका यी बिच्छीको विष स्वास्थ्य विज्ञानका लागि वरदान नै हो।

इजरायलको तेल अभिभ विश्वविद्यालयका प्राध्यापक माइकल गुरेभिट्जका अनुसार, यो विष कैयौं स्वास्थ्य अनुसन्धान र उपचारका लागि प्रयोग भइरहेको छ। यी बिच्छीहरूको विषमा भएका केही तत्त्वले पेनकिलरको काम गर्छन्।

सन् २०१३ मा प्रकाशित फ्रेड हचिन्सन क्यान्सर रिसर्च सेन्टरको प्रतिवेदनअनुसार, यो विषले क्यान्सरलाई समेत रोक्न सक्छ। यसले क्यान्सरकारक कोशिका बन्नबाट रोक्छ।

अर्गन ट्रान्स्प्लान्टमा पनि यो विषले सहायता पु-याउने रिपोर्टमा लेखिएको छ। कहिलेकाहीँ शरीरमा नयाँ अंग हाल्दा शरीरले त्यसलाई अस्वीकार गरिदिन्छ। यस्तो स्थितिमा विषका केही तत्त्वमा सिन्थेटिक परिवर्तन ल्याएर शरीरमा राखिन्छ। यसले सिधै शरीरको रोगप्रतिरोधात्मक क्षमतामा काम गर्छ । यसो हुँदा अर्गन रिजेक्ट हुने सम्भावना कम हुन्छ।

वाथरोगलाई पनि यो विषले कम गरिदिन्छ । रिपोर्टअनुसार, यसले हाडहरूलाई घिसिन दिँदैन। सन् २०११ म क्युबाका एक व्यक्तिले आफूलाई बिच्छीबाट टोकाउने गरेको अनि यसले गर्दा शरीरका सबै पीडा भाग्ने गरेको बताएका थिए। एजेन्सी