कमला नदीमा भूत मेला | ईमाउण्टेन समाचार

Our Network

फागुन ११ २०८१, आइतबार

कमला नदीमा भूत मेला

सिराहा,१५ मंसिर। सिराहा र धनुषा जिल्लालाई छुटेयार बगेको कमला नदी सँग धेरै थरि मिथक जोडिएका छन्, तिनै मध्येको एक हो भुत साधना । कार्तिक शुक्ल पुणिमाको अघिललै साँझबाट कमला नदीको किनारमा भेला भई रातभरि साधना गर्दछन् । राती आउन नसकेकाहरु भने पुर्णियाको बिहानै आएर सधना र शपथ कर्म सिध्द गर्दछन्।

प्रत्येक वर्षजस्तै यस वर्ष पनि कमला नदीको किनारामा यो रोचक दृश्य देखिएको छ । यहाँ पहेँलो धोती र साडीमा सजिएका धामी–झाँक्रीहरु हातमा बलेको आगोसहितको माटोको भाँडो र बेतको लाठी घुमाउँदै, ‘पापकी छय, धर्मकी जय, हई भगतकाली राघो बन्नी’ चिच्याउँदै आउने गरेको देख्न पाइन्छ ।

यो दिन बिभिन्न भाकाका नारा र आ आफ्ना भगवानको नाम जप्दै यहाँ आउने झाँक्रीहरु ढोलक,झ्याली, मादल, ढोलपिपहीजस्ता बाजाको तालमा कर्कश स्वर सहित कमला नदीमा सपथ ग्रहण गर्न पुग्दछन् । पुणिमाको दिनको सूर्योदयसँगै हजारौँ नव धामीझाँक्री सिरहा र धनुषाको सीमामा पर्ने कमला नदीको पवित्र जलमा डुबुल्की लगाइ गुरुहरुद्वारा शपथ लिने गर्दछन् । यसकालागि उनीहरु पुर्णियाको अघिल्लो रातबाटै भुत खेल्न भन्दै कमलाको तीरमा भेला हुने गर्दछन् ।

उसो त झााक्री बिद्या सिक्नेहरुले आश्विन शुक्ल प्रतिपदाबाटै साधना शुर गरेर कार्तिक शुक्ल पुर्णियाका दिन शपथ ग्रहण कार्य सम्पन्न गर्दछन् । साधना अवधीमा आफनो शरीरमा वास बस्न आएका देवतालाई पवित्र पार्न तथा शरीरमा देवीदेवताको स्थायी वासका लागि यो दिन कमला नदीमा स्नानगरी सपथका लागि आएका हुन । कमला नदीमा आएर सपथ लिए पश्चात नव धामीझाँक्रीहरु पाको हुने स्थानीयहरुको विश्वास छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);