सिमानाकालाई घोषित रूपमै खुल्ला गर्न वीरगञ्जमा स्थानीयहरुकाे प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

जेठ ७ २०८३, शुक्रबार

सिमानाकालाई घोषित रूपमै खुल्ला गर्न वीरगञ्जमा स्थानीयहरुकाे प्रदर्शन

वीरगञ्ज, १४ मंसिर । अघोषित रूपमा खुलेका सिमानाकालाई घोषित रूपमै खुल्ला गर्न वीरगञ्जमा स्थानीयहरुले प्रदर्शन गरेका छन् । पर्सामा कोरोना संक्रमितको संख्यामा कमि आएपनि खुल्ला सिमाको कारण अघोषित रूपमै आवतजावत हुन थालेपछि फेरि कोरोनाको हटस्पट बन्ने सम्भावना रहेको स्थानीयको भनाई छ ।

भारतले कार्तिक ६ बाट सबै अन्तर्राष्ट्रिय नाका खुल्ला गरेपनि नेपालले मंसिर ३० गते सम्मकालागि १० वटा नाका बाहेक अरू सबै नाका बन्द गरी आवतजावतमा रोक लगाएको छ । तर विभिन्न सिमा नाका हुँदै निर्वाधरूपले आवतजावत भने भईरहेको छ ।

विगत ९ महिना देखि बन्द रहेको सिमा नाकालाई घोषित रूपमै खोल्न वीरगञ्जका स्थानीयहरू भन्सार कार्यालयको अगाडि अनिश्चितकालकालागि धर्नामा बसेका छन् । पैसा लिएर प्रहरी प्रशासनले आवतजावत गर्न दिएको स्थानीयको आरोप छ ।

सरकारले सिमानाका बन्द गरेपनि पर्साको इनर्वा, श्रिसिया, अलै, भिस्वा, धोरे, महादेव पट्टि, झैवा, बलुवा तथा बाराको बिसरामपुर, सिम्रनगढ, मुसहरवा लगायतका नाकाहरुबाट आवतजावत भईरहेको छ ।

Leave a Reply