रामेछापमा करेन्ट लागेर दुईको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

मंसिर ३ २०८१, सोमबार

रामेछाप, १५ असोज । रामेछापमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।

बिहान ८ बजेतिर मोबाइल चार्ज गर्न खोज्दा विद्युत लाइनमा आएको हाई भोल्टेजको कारण जिल्लाको दोरम्बा गाउँपालिका–६ मा आइतबार बिहान ७२ वर्षीया टीकादेवी गौतम र उनका ४२ वर्षीय छोरा लालबहादुरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सो गाउँमा एक महिना अघि पनि विद्युत लाइनमा आएको हाईभोल्टेजको कारण मोबाइल चार्ज गर्ने क्रममा करेण्ट लागेर एक जनाको मृत्यु भएको थियो । विद्युत प्राधिकरणको लापरवाहीको कारण आफूहरुको ज्यान जोखिममा परेको भन्दैग स्थानीय आक्रोशित बनेका छन् ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);