स्थानीय प्रशासनको निर्देशनको उल्लंघन गर्दै जनकपुरधाममा छठ पर्व मनाइयो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

स्थानीय प्रशासनको निर्देशनको उल्लंघन गर्दै जनकपुरधाममा छठ पर्व मनाइयो

बटुकनाथ झा
जनकपुरधाम, ६ मंसिर ।
स्थानीय प्रशासनले निर्देशन दिएपनि जनकपुरधाम लगायतका क्षेत्रमा पोखरीमै छठ पर्व मनाइएको बेलामा मारबारी समुदाय तथा अन्य केहि व्यक्तिले घरमै छठ पव मनाएका छन् । आस्थाको महापर्व छठ पर्वअन्तर्गत व्रतालुले आज उदाउँदो सूर्यलाई अर्घ्य दिई छठ पर्वको समापन गरेका छन् ।

अर्घ्यमा ठकुवा, कसार, केरा, उखु, मेवा मिष्ठान, गेँडागुडी र विभिन्न वनस्पति, भुसवा, माटोको हात्ती, सूप, कनसुपती, कलशसहितको घैँटो सूर्यलाई अर्पण गर्ने चलन रहेको छ । सूर्यलाई दिइने अर्घ्यमा ठकुवालाई समृद्धि, उखुलाई आरोग्य, केरालाई विष्णु र कृषि उत्पादनलाई प्रकृतिप्रति कृतज्ञताको द्योतक मानिन्छ ।

नोबेल कोरोना भाइरसको महामारीका कारण यो वर्ष अधिकांश भक्तजनले आफ्नै घरमा कुण्ड बनाएर छठ मनाएका छन् भने तराईका कतिपय जिल्लामा भने नदी, तलाउमा भीड गरेर मनाइएको छ । तर, जनकपुरधामका मारबारी समुदाय र अन्य केहि व्यक्तिहरुले सरकारको निर्देशन मनेर घरमै छठ पर्व मनाएका छन् ।

स्थानीय व्यापारी जयप्रकाश जलानले कोरोना भाईरसको बेलामा सुरक्षाको हिसावले घरमै छठ पर्व मनाएको बताउनु हुन्छ ।

सूर्यको आराधनाबाट चर्मरोग निको हुनुका साथै सन्तान र धन प्राप्ति हुने जनविश्वास छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);