दाङ,५ मंसिर। दाङमा अख्तियारको टोलीले मालपोत कार्यालय तुलसीपुरमा कार्यरत २ कर्मचारीलाई ३ लाख बढि घुस रकम सहित पक्राउ गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय नेपालगञ्जले मालपोतका नायब सुब्बा पुष्पराज गिरी र कार्यालय सहयोगी मिनराज गैरेलाई ३ लाख २० हजार घुससहित पक्राउ गरेको कार्यालयले जनाएको छ ।
जग्गा नाप जाँच गरि पूर्जा बनाइ दिने भन्दै सेवाग्राहीबाट घुस लिदै गर्दा शुक्रबार दिउँसो साढे १ बजेतिर उनीहरुलाई पक्राउ गरिएको हो ।