प्रमुख निर्वाचन आयुक्तद्धारा आफ्नो मताधिकार प्रयोग गर्न आम मतदातालाई आग्रह | ईमाउण्टेन समाचार

Our Network

माघ २८ २०८२, बुधवार

काठमाडौं, १५ असोज ।  प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधीप्रसाद यादवले प्रदेशसभा र प्रतिनिधि सभा निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गरी संविधान कार्यान्वयनमा सहयोग पु¥याउन आम मतदातालाई आग्रह गरेका छन् ।

बडा दशैंको अवसरमा आम मतदातालाई शुभकामना सन्देश दिँदै प्रमुख निर्वाचन आयुक्त यादवले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा रचनात्मक सहयोग गर्न आग्रह गरेका हुन् । संविधान कार्यान्वयनको पहिलो खुट्कीलोको रुपमा रहेको स्थानीय तहको निर्वाचन तीन तहमा गरी शान्तिपूर्ण रुपमा सम्पन्न भएको भन्दै उनले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पनि सोही अनुसारको सहभागीताको अपेक्षा गरेको बताए ।

उनले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको तयारी तीव्र पारेको जानकारी दिए । आयोगले २०७४ साललाई निर्वाचन पर्वको रुपमा मनाइरहेको भन्दै उनले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन पछि राष्ट्रियसभा प्रमुख, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गराउने दायित्वप्रति पनि आयोग दत्तचित्त भएर लागिरहेको बताए ।