आज दशैंको टिकाको दोस्रो दिन, टिका थाप्ने क्रम आज पनि जारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

काठमाडौं, १५ असोज ।  आज दशैंको टिकाको दोस्रो दिन, हिजो विजया दशमीबाट सुरु भएको टिका थाप्ने क्रम आज पनि जारी रहेको छ ।

नजिक हुने आफन्त वा मान्यजनबाट हिजै टिका तथा जमरा ग्रहण गरेपनि टाढा रहेकाहरुले आज पनि टिका लगाउदै छन् । विशेष गरी विजया दशमीको दिन बेलुका साँझसम्ममा आफ्ना दाजुभाई तथा नजिकका आफन्तकोमा टिका लगाएपछि आजबाट ससुराली, मामाघरतर्फ टिका लगाउने प्रचलन रहेको छ । विजया दशमीको दिनबाट सुरु भएको टिका थाप्ने कार्यक्रम कोजाग्रत पूर्णिमा सम्मै रहने गर्दछ ।

जुठो, सुतक वा अन्य विशेष कारणले टिका नलाउने बाहेकले आफ्ना मान्यजनको हातको टिका थाप्नै पर्ने मान्यता अनुसार नेपालको पूर्वी तथा मध्य भागमा कोजाग्रत पूर्णिमा सम्मै टिका लगाए पनि पश्चिम नेपालमा दशमीको दिन एकै दिनमा टिका लगाइ सक्ने र एकादशीदेखि टिका लगाउन नजाने प्रचलन पनि रहेको छ । दशैंको टिका सुरु भएसँगे बजारमा चहलपहल पनि केही बढेको छ ।

 

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);