मेरो प्रार्थना, चिन्ता र चासो समग्र नेपालीको हित र समुन्नतीमा: पूर्वराजा ज्ञानेन्द्र शाह | ईमाउण्टेन समाचार

Our Network

चैत १७ २०८२, बुधवार

काठमाडौं, १४ असोज ।  पूर्वराजा ज्ञानेन्द्र शाहले विजयादशमीको उपलक्ष्यमा नेपाली दिदीबहिनी तथा दाजुभाइमा आपसी प्रेम, सदभाव र सम्मानको पुनर्जागरण को शुभकामना सन्देश दिएका छन् ।

यसपटक पूर्वराजा ज्ञानेन्द्र शाहले आफूलाई केही हप्ता आराम गर्नुपर्ने र बाढी पहिरोले सर्वसाधारणको दैनिकी असहज बनाएकाले दशैंको टीका नलगाइदिने भएका हुन् ।

उनले आफ्नो प्रार्थना, चिन्ता र चासो समग्र नेपालीको हित र समुन्नतीमा भएको बताएका छन् ।तर अघिल्ला वर्षहरुमा उनले आफ्नो निवासमा सर्वसाधारणहरुलाई दशैंको टीका लगाइदिने गरेका थिए ।