काठमाडौं, १४ असोज । संयुक्त राष्ट्रसंघको आव्हानमा यस वर्षदेखि आज अन्तराष्ट्रिय अनुवाद दिवस मनाइँदैछ ।
अन्तर्रा्ष्ट्रिय समुदायलाई एकतावद्ध गर्न, संवाद तथा छलफललाई सहजीकरण गर्न, विकास तथा विश्व शान्ति र सुरक्षा प्रवद्र्धन गर्न भाषा अनुवादक तथा भाषाविज्ञको महत्वपूर्ण योगदान हुने भएकाले उनीहरुको सम्मानमा दिवस मनाउन थालिएको हो ।
वैज्ञानिक अनुसन्धान, प्राविधिक विषय, साहित्य लगायत विषय एक भाषाबाट अर्को भाषामा अनुवाद गर्न व्यावसायिकता, उचित व्याख्या र शब्दावलीको प्रयोग अन्तर्रा्ष्ट्रिय सार्वजनिक बहस र पारस्परिक संचारका लागि महत्वपूर्ण पक्ष रहेको राष्ट्रसंघले जनाएको छ ।