काठमाडौं, २६ कार्तिक । कारोबार रकम चुलिंदै जाँदा शेयरबजार नेप्से सूचकले निरन्तर नयाँ उचाई लिंदै गएको छ । बुधबार बजारले १७ सय विन्दुलाई समेत पार गरेको छ । नेप्से सूचक २८.८९ अंकले बढेर १७०७.६७ विन्दुमा पुगेको छ ।
१ सय ९५ कम्पनीका १ करोड २५ लाखभन्दा बढी कित्ता कारोबार भएको छ । ४ अर्ब ९ करोड ९६ लाख ४ हजार ७ सय ४२ रुपैयाँको कारोबार भएको छ । यस्तै क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ५.२३ अंकले बढेको छ ।
बुधबार वित्त समूहबाहेक सबै समूहको सूचक उकालो लागेको छ । वित्त समूहको परिसूचक भने २.८६ अंकले ओरालो लाग्यो । सबैभन्दा धेरै निर्जीवन बीमा समूहको सूचक ३३९.३२ अंकले बढेको छ ।
नेपाल दूरसञ्चार कम्पनीको सबैभन्दा बढीको कारोबार हुँदा शेयर कारोबारका आधारमा भने सानिमा इक्विटी फण्ड अगाडि रहेका छन । बुधबार साल्ट टे«डिङ कर्पोरेशनका लगानीकर्ताले सबैभन्दा बढी कमाउँदा आइसीएफसी फाइनान्सका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन ।।