नेपाल र बंगलादेशविचको मैत्रीपुर्ण फुटबलमा दर्शकलाई प्रवेश दिइने | ईमाउण्टेन समाचार

Our Network

भदौ २९ २०८१, शनिबार

नेपाल र बंगलादेशविचको मैत्रीपुर्ण फुटबलमा दर्शकलाई प्रवेश दिइने

काठमाडौं, २६ कार्तिक । नेपाल र बंगलादेश विचको मैत्रीपुर्ण फुटबलमा दर्शकलाई रंगशालामा प्रवेश गराइने भएको छ । बंगलादेश फुटबल संघले बुधबार ढाकामा पत्रकार सम्मेलन गर्दै रंगशालामा फिफा र एएफसीको गाइडलाइन अनुसार दर्शकको उपस्थिती गराउने जानकारी दिएको हो ।

कोरोना भाइरसका कारण दक्षिण एशियाली देशमा अहिलेसम्म रंगशालामा दर्शक प्रवेशलाई रोक नै लगाइएको छ । तर बंगलादेश फुटबल संघले सरकारी अनुमतिपछि रंगशालामा दर्शकको उपस्थिती गराउने भएको हो । जसका लागि संघले टिकटको मुल्य पनि तोकिएको छ ।

मुजिब बोर्सोे फिफा अन्तराष्ट्रिय फुटबल सिरिज नाम दिइएको दुईवटा मैत्रिपूर्ण खेलमा विशिष्टको टिकट पाँच सय टाका राखिएको छ भने साधारणतर्फ एक सय टाका मुल्य राखिएको छ । बंगलादेशले नेपालसँगको दुई वटा खेलपछि कतारको दुई क्लवसँगपनि मैत्रीपुर्ण खेल खेल्ने छ ।

नेपालले बंगलादेशसँग पहिलो मैत्रीपुर्ण खेल कात्तिक २८ र दोस्रो खेल मंसिर २ गते खेल्ने बताएको छ । यी दुई खेलका लागि नेपाली टिम अहिले ढाकामा छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);