काठमाडाैं,२५ कार्तिक । कोरोनाका कारण जारी लकडाउन खुले पनि अहिले दैनिक ७० प्रतिशतसम्म मात्र दूध तथा दुग्धजन्य वस्तुको खपत भइरहेको छ । लकडाउन खुलेपनि विद्यालय र होटलहरु बन्द रहेको कारण अझैँ दूध तथा दुग्धजन्य वस्तुको खपतमा ३० प्रतिशत कमी आएको हो ।
लकडाउनको समयमा समयमा दुध उत्पादक कृषकले बजारसम्म उत्पादन पु¥याउन नसक्दा निकै रास्ती खेप्नु प¥यो । उत्पादा बजारमा पु¥याउन नपाएपछि धेरै किसान बाटोमै दुध पोख्न पनि बाध्य भएका थिए । तर अहिले लक डाउन खुलेर जनजिवन सामान्य हुदै गर्दा पनि दूध तथा दुग्धजन्य वस्तुको खपत पहिलेको जस्तो हुन सकेको छैन ।
बन्दाबन्दिका कारण दूध तथा दुग्धजन्य वस्तुमा दैनिक दश करोडसम्म नोक्सानी भएको व्यवसायीहरुको अांकलन छ । अझैपनि विद्यालय र होटलहरु बन्द हुँदा दुग्धजन्य वस्तुको खपतमा ३० प्रतिशत कमी नै छ । बजारका अधिकांश बासिन्दा गाउँमा नै रहदा पनि खपतमा कमी आएको छ । यसैपनि उपत्यकामा दसैँ तथा तिहारको समयमा दूध तथा दुग्धजन्य वस्तुको खपतमा कमी हुने गर्दछ ।
गत वर्ष दशै तिहारमा ८० प्रतिशतसम्म खपत हुने गरेको थियो । दैनिक संकलन हुँदै आएको दूधको मात्रामा समेत कमी आएको छ । इमाउन्टेनसँग कुरा गर्दै दुग्ध विकास संस्थानका महाप्रबन्धक रुद्प्रसाद पौडेलाका अनुसार बन्दाबन्दि अघि दैनिक ८७ हजार लिटर प्रसोधित दुध विक्री गरेको दुग्ध विकास संस्थानले अहिले दैनिक ७७ हजार लिटर मात्र विक्री गरिरहेको छ । प्रतिदिन २ हजार लिटरसम्म दुधको माग बढिरहेको र १ लाख लिटर दुध विक्री वितरण गर्ने लक्ष्य लिएर संस्थानले बजारीकरणको कार्यक्रम संचालन गरिरहेको पौडेलले बताउनु भयो ।
अहिले नेपालमा दैनिक ६२ लाख लिटर दूध उत्पादन हुने गरेको छ । ती मध्ये औपचारिक क्षेत्रमा १७ प्रतिशत र अनौपचारिक क्षेत्रमा ३३ प्रतिशत खपत हुदै आएको छ भने कृषक स्वयंले ५० प्रतिशत दुध उपभोग गर्ने गरेका छन् ।