काठमाडौं, २३ कार्तिक । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १५ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १२ सय ९४ जना, भक्तपुरमा ७७ जना र ललितपुरमा १ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।