एजेन्सी, २१ कार्तिक । प्रिमियर लिग क्लब लेस्टर सिटीले युरोपा लिग फुटबलमा लगातार तेस्रो जित निकालेको छ । समूह चरण अन्तर्गत बिहीबार राति भएको खेलमा पोर्चुगिज क्लब ब्रागालाई ४–० ले पराजित गर्दै लेष्टरले लगातार तेस्रो जित निकालेको हो ।
घरेलु मैदानमा लेस्टरले २१ औं मिनेटमा केलिची इहिनाचोको गोलबाट अग्रता बनाएको थियो । त्यसपछि खेलको ४८ औं मिनेटमा केलिचीले व्यक्तिगत दोस्रो गोल गर्दै लेस्टरलाई २–० को अग्रता दिलाए ।
खेलको ६७ औं मिनेटमा डेनिस प्राएटले गोल गर्दै लेस्टरलाई ३–० को अग्रता दिलाए । त्यसपछि ७८ औं मिनेटमा जेम्स म्याडिसनले गोल गर्दै लेस्टररलाई ४–० को जित दिलाए ।
जितसँगै लेस्टर समूह चरणको ३ खेलमा ९ अंक जाड्दै समूहको शीर्ष स्थानमा रहेको छ भने क्लब ब्रागा ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।




