राप्ती प्रादेशिक अस्पतालले स्वास्थ्य सेवामा सुधार ल्याउँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

राप्ती प्रादेशिक अस्पतालले स्वास्थ्य सेवामा सुधार ल्याउँदै

दाङ, १९ कार्तिक । रिफर सेन्टरका रुपमा आलोचना खेप्नु परेको दाङको राप्ती प्रादेशिक अस्पतालले यस पटक भने स्वास्थ्य सेवामा सुधार ल्याएको छ । अहिले अस्पताल रेफर सेन्टर मात्र नभइ बिशेषज्ञ सेवा सहित प्रभावकारि स्वास्थ्य सेवा दिन सफल हुदैँ गएको छ ।

प्रभावकारि स्वास्थ्य सेवाका कारण ५० वेड स्वीकृत पाएको दाङको राप्ती प्रादेशीक अस्पातलले यसपटक भने २ सय बेडको स्वीकृती पाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको २०७७ भदौ ११ को सचिव स्तरीय बैठकले २ सय बेडको स्वीकृत पाएको हो ।

अस्पतालमा १८ जना विभिन्न विशेषज्ञ डाक्टर र मेडिकल अफिसरहरु रहेका छन् । अब अस्पतालमा नाक, कान, घाँटी र मानसीक रोग विशेषज्ञ र काउन्सीलरको आवश्यकता रहेको बताईएको छ ।

अहिले बेडहरु व्यवस्थापन गर्न ठाउँको अभाव रहेको अस्पताल बिकास समितिले जनाएको छ । तर यसको व्यवस्थापनकालागि विकल्पको खोजी भईरहेको छ । भवन निर्माण नहुँदासम्म नेपाल रेडक्रस सोसाईटीले अस्पताल परिसर छेउमा बनाउन लागेको नँया भवनमा सेवा सञ्चालन गर्न सकिने योजना छ ।

अस्पतालको झण्डै ६ बिगाहा १७ धुर क्षेत्रफलको जमिन मध्ये डेढ बिगाह अतिक्रमणमा परेकाले त्यसको व्यवस्थापन गर्न सके भौतिक बिकासमा सहयोग पुग्ने अस्पताल विकास समितिको भनाई छ । यदी जमिन व्यवस्थापन गर्न सके २ सय बेड मात्र नभइ ६ सय बेड सम्म पु¥याउँन सकिने अस्पताल प्रशासनले विश्वास छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);