अस्ट्रियाको राजधानी भियनामा आतंकवादी आक्रमण | ईमाउण्टेन समाचार

Our Network

भदौ ३० २०८१, आइतबार

अस्ट्रियाको राजधानी भियनामा आतंकवादी आक्रमण

एजेन्सी, १८ कार्तिक । अस्ट्रियाको राजधानी भियनामा आतंकवादी आक्रमण भएको छ ।

राइफलसहितका बन्दुकधारीले मध्य भियनाका विभिन्न ६ स्थानमा अन्धाधुन्ध गोली चलाएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आक्रमणपछि भियनाको ठूलो क्षेत्रमा प्रहरीको तैनाथ गरिएकोे छ ।

आक्रमण स्थानीय समय अनुसार सोमबार राति ८ बजेतिर भएको बताइएको छ । अस्ट्रियाका चान्सलर सेबास्टियन क्रूजले प्रतिघाती आतंककारी आक्रमण रहेको बताउनुभएको छ । सुरक्षाकर्मीको गोली लागेर एक बन्दुकधारीको पनि ज्यान गएको छ भने ठूलो संख्यामा सुरक्षाकर्मीहरुसमेत घाइते भएका छन् ।

कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि देशव्यापी रुपमा लागु भएको नया प्रतिबन्धको केही घण्टामै घटना भएको हो । युरोपका नेताहरुले आक्रमणको निन्दा गरेका छन् । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले डरलाग्दो आक्रमणबाट त्रसित भएको बताउनुभएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);