च्याम्पियन्स लिग : बार्सिलोनासँग युभेन्ट्स र युनाइटेडसँग लाइपजीग पराजित | ईमाउण्टेन समाचार

Our Network

फागुन ६ २०८१, मंगलबार

च्याम्पियन्स लिग : बार्सिलोनासँग युभेन्ट्स र युनाइटेडसँग लाइपजीग पराजित


एजेन्सी, १३ कार्तिक । च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाले युभेन्ट्सलाई पराजित गरेको छ । बुधबार राति समूह जी को खेलमा स्पेनिस क्लब बार्सिलोनाले युभेन्ट्सलाई २–० ले पाजित गरेको हो ।

बार्सिलोनाको जितमा उसमान डेम्बेले र लियोनल मेस्सीले १-१ गोल गरे । बार्सिलोनाका लागि खेलको सुरुवातमै लिओनेल मेस्सीको पासमा ओस्माने देम्बेलेले गोल गर्दै टिमलाई अग्रता दिलाए । युभेन्टसको डिफेन्सलाई छक्याउँदै उनले जाली चुमाएका हुन् ।

त्यस्तै दोस्रो हाफमा १० जनामा सीमित युभेन्टसमाथि बार्सिलोनाले अर्को एक गोल थप्यो । सो गोल मेस्सीले इन्ज्यूरी समयको पहिलो मिनेटमा गरेका हुन् ।

यस्तै अर्को खेलमा म्यान्चेस्टर युनाइटेडले आरबी लाइपजीगलाई ५–० गोल अन्तरले पराजित गरेको छ । सब्स्टीच्यूट मार्कस रास्फोर्डको ह्याट्रिकमा म्यान्चेस्टरले जित निकालेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);