काठमाडौं, ११ कार्तिक । पछिल्लो २४ घन्टामा ३१ सय ६८ जना संक्रमित कोरोनामुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख १८ हजार ८ सय ४३ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ८ सय ७६ पुगेकाे छ ।