प्रतिक्षित चलचित्र छक्कापञ्जा २ आजबाट प्रदर्शनमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

काठमाडौं, ११ असोज ।  अभिनेत्री दीपाश्री निरौलालेको निर्देशनमा रहेको प्रतिक्षित चलचित्र छक्कापञ्जाको सिक्वेल छक्कापञ्जा दुई आजबाट प्रदर्शनमा आएको छ । बडादसैंको अवसर पारेर फूलपातीको दिन देशभर एकसाथ प्रदर्शन भएको चलचित्र छक्कापञ्जा दुईका गीत विवादमा आएपछि यसले थप चर्चा पायको थियो ।

यसमा दीपकराज गिरी, प्रियंका कार्की, जितु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ, वर्षा राउत, गौरव पहारी, स्वरुप पुरुष ढकाल, स्वस्तिमा खड्का, लक्ष्मी गिरी, जयनेन्द्र लामा, शिवहरि पौडेल, किरण केसी, राजाराम पौडेल आदिको अभिनय रहेको छ । चलचित्रमा संगीत भने किरण कँडेल र अल्मोडा राना उप्रेती रहेको छ ।

छक्कापञ्जाले बनाएको व्यवसायिक कीर्तिमान र डेढ दर्जनभन्दा बढी चर्चित कलाकारको अभिनयका कारण पनि दर्शकहरू छक्कापञ्जा दुईको प्रदर्शनको पर्खाइमा थिए । छक्कापञ्जाको सिक्वेल भएकाले छक्कापञ्जाको कथा सकिएकोबाट छक्कापञ्जा दुईको कथा सुरु भएको निर्देशक दिपा निरौलाको भनाइ छ ।

छक्कापञ्जा दुईले पनि छक्कापञ्जाले जसतै व्यवसायि गर्नै र दर्शाकको मन जित्ने सफल चलचित्रको रुपमा रहने निर्देशक निरौलाको दाबी छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);