देशभर ३ सय ४५ जना कोरोना संक्रमितको उपचार हुदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

देशभर ३ सय ४५ जना कोरोना संक्रमितको उपचार हुदै

काठमाडौं, ३ कार्तिक । देशभर आइसियु र भेन्टिलेटरमा गरी ३४५ जना कोरोना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयको तथ्यांक अनुसार ६३ जना भेन्टिलेटरमा र २८२ जना संक्रमित आइसियुमा उपचाररत छन् ।

आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १५३ जना छन् भने र ३८ जना भेन्टिलेटर रहेको मन्त्रालयले जनाएको छ ।

यसैगरी लुम्बिनी प्रदेशमा ५१ जना आइसियु र ५ जना भेन्टिलेटरमा, प्रदेश १ मा ३० जना आइसियु र १२ जना भेन्टिलेटरमा र प्रदेश २ मा १३ आइसियु र १ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै सुदुरपश्चिममा ८ आइसियु र ३ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा २० आइसियु र ४ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा ७ आइसियु उपचाररत रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);