प्रदेश २ मा छठ पछि प्रदेश प्रहरी भर्ना गरिने | ईमाउण्टेन समाचार

Our Network

असार १५ २०८१, शुक्रबार

प्रदेश २ मा छठ पछि प्रदेश प्रहरी भर्ना गरिने

जनकपुरधाम, २ कार्तिक । प्रदेश नं. २ सरकारले छठ पछि आफ्नै प्रहरी भर्ना गर्ने भएको छ । प्रदेश नं. २ मा आफ्नो प्रहरी नभएको कारणले अपराध अनुसन्धानमा प्रदेश सरकारको सम्लग्नता नभएको भन्दै आफ्नै प्रहरीकोलागि गृह कार्य थालेका प्रदेश सरकारले छठ पछि प्रहरी भर्ना गर्ने भएका छन् । आइतबार भएको मन्त्री परिषदको बैठकले यस्तो निर्णय भएको हो । प्रदेश प्रहरी ऐन पारित भएको झण्डै डेढ वर्षपछि प्रदेश २ सरकारले प्रहरी भर्ना लिने तयारी शुरु गरेको हो ।

प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले प्रदेश सरकारले प्रहरी भर्ना लिने प्रकृया चाँडै नै शुरु गर्ने बताउनुभयो । प्रदेश २को आइतबार बसेको मन्त्री परिषद बैठकमा आफूले प्रहरी भर्ना सम्बन्धि ठाडो प्रस्ताव लगेको र छठ पछि प्रहरी भर्ना लिने प्रकृया शुरु हुने मन्त्री यादवले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रदेश सरकारले प्रहरी जवान, असई र इन्सपेक्टर पदका लागि आवेदन आह्वान गर्ने छ । उहाले ‘मन्त्रालयको सैद्धान्तिक सहमतिपछि मन्त्री परिषद बैठकमा प्रहरी भर्नाका लागि ठाडो प्रस्ताव लगेको थिएँ, छठपछि प्रकृया शुरु हुने बताउनुभयो । आइतबार बसेको प्रदेश २को मन्त्री परिषद बैठकमा प्रदेशसभाको चौथो अधिवेशन अन्त्य गर्ने सहमति भएको मन्त्री यादवले जानकारी दिनुभयो ।

यसका अतिरिक्त प्रदेश सरकारको कर्मचारीहरुको सरुवा तथा काज सम्बन्धि कार्यविधि २०७७ स्वीकृत गर्ने, प्रदेशको राजपत्र निर्देशिका २०७७को मस्यौदा स्वीकृत गर्ने निर्णय गरिएको हो । त्यस्तै प्रदेश विपत व्यवस्थापन सम्बन्धि प्रदेशको मस्यौदा निर्माणका लागि सैद्धान्तिक सहमति र दलित विकास समितिको उपाध्यक्ष पदको नियुक्ति गर्ने निर्णय गरिएको मन्त्री यादवले जानकारी दिनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);