मन्दिरहरुमा नियमित पूजा गर्न बाहेक भक्तजनको लागि खुल्ला नगर्न आग्रह : गृह मन्त्रालय | ईमाउण्टेन समाचार

Our Network

फागुन २ २०८१, शुक्रबार

मन्दिरहरुमा नियमित पूजा गर्न बाहेक भक्तजनको लागि खुल्ला नगर्न आग्रह : गृह मन्त्रालय

काठमाडाैं, ३० असाेज । गृह मन्त्रालयले दशैंको बेला मन्दिर तथा शक्तिपीठहरु नियमित पूजा गर्न बाहेक भक्तजनको लागि खुल्ला नगर्न आग्रह गरेको छ ।

मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले मन्दिर तथा शक्तिपीठहरुमा भिडभाड हुँदा कोभिड १९ संक्रमणको जोखिम झनै बढ्ने भएकाले भक्तालुहरुका लागि रोक लगाइएको बताउनुभयो । तर नित्य पूजाआजा भने नियमित रुपमा सूचारु गर्न सकिने उहाँले बताउनुभयो ।

मन्दिरमा भिडभाड नगर्न स्वास्थ्य मन्त्रालयले समेत आग्रह गरिरहेकाले त्यसको कार्यान्वयनका लागि गृह मन्त्रालयले सहयोग गर्ने उहाँले बताउनुभयो । महान चाड बडादशैंको बेला विभिन्न शक्तिपीठहरुमा विशेष पूजाआजा गरिन्छ भने धेरै संख्यामा भक्तालुहरु पुग्ने गर्छन् ।

त्यसैले मन्दिरहरुमा हुनसक्ने भिडभाडलाई ध्यान दिदै सरकारले नियमित पूजाआजा बाहेकका सबै धार्मिक र सांस्कृतिक गतिविधि गर्नमा रोक लगाएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);