काठमाडौंको मूलपानीमा मोटरसाइकल दुर्घटनाः एकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८२, शुक्रबार

काठमाडौंको मूलपानीमा मोटरसाइकल दुर्घटनाः एकको मृत्यु

काठमाडौं, ३० असोज । काठमाडौंको मूलपानीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

बिहीबार राति बा १८ प ८४२१ नम्बरको मोटरसाइकल मूलपानी क्रिकेट मैदानमा दुर्घटना हुँदा सिन्धुपाल्चोकका सिंहबहादुर तामाङको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका ४२ वर्षका तामाङको उपचारको क्रममा शंखरापुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Leave a Reply