एजेन्सी, २९ असोज । बंगलादेशमा आयोजना हुने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सील आईसीसी यू –१९ वुमेन्स विश्वकप क्रिकेट स्थगित हुने सम्भावना बढेको छ । कोरोना भाईरसको महामारी कायम रहेपछि विश्वकप स्थगित हुने सम्भावना बढेको हो विश्वकप आगामी २०२१ को जनवरीमा हुने तालिका रहेको छ ।
कोरोनाको कारण ठुला प्रतियोगिता स्थगित भईसकेको अवस्थामा आईसीसीले यू–१९ वुमेन्स विश्वकप समेत स्थगित हुने बताइएको छ । आईसीसीले प्रतियोगिताको आयोजनाबारे आगामी नोभेम्बरमा निर्णय गर्ने छ ।
कोरोनाकै कारण २०२० मा तय भएको पुरुष टी–ट्वान्टी विश्वकप, २०२१ मा तय भएको महिलाको एकदिवसीय विश्वकप स्थगित भईसकेका छन् । स्थगित प्रतियोगिता २०२२ मा आयोजना गरिने बताईएको छ ।