कोरोना जाँच गर्नेबाटै जोखिममा उपत्यका, लाइन बाटै कोरोना सर्ने खतरा | ईमाउण्टेन समाचार

Our Network

माघ १४ २०८१, सोमबार

कोरोना जाँच गर्नेबाटै जोखिममा उपत्यका, लाइन बाटै कोरोना सर्ने खतरा

काठमाडौं, २७ असोज । के तपाइँ कुपण्डोल क्षेत्रको सडकमा हिंड्दै हुनुहुन्छ ? त्यसो हो भने कुपण्डोल स्थित विड्ल्याब शाखामा कोरोना पिसीआर टेष्ट गर्न लागेको अव्यवस्थित लाइनको सिकार तपाइँ पनि बन्न सक्नुहुन्छ । जहाँ कोरोना परिक्षण गर्न आउनेहरूको दैनिक सडक पेटीमा लाइन लागेका छन् । अव्यवस्थित लाइनले सडकमा हिंड्ने र वरपरका वासिन्दालाई समेत कोरोना जोखिम बढाएको छ ।

कुपण्डोल स्थित विड्ल्याब शाखामा कोभिड १९ परिक्षणका लागि दिनहुँ विरामीको लाइन लाग्ने गरेका छन् । लाइन लागेको भीडमा कति संक्रमित छन् रिपोर्ट पछि मात्र थाहा हुन्छ । कतिजना रिपोर्ट नेगेटिभ आउन सक्ने विरामी हुन्छन् । तर लाइनलाग्दा समेत परिक्षणका लागि गएका विरामीहरुले न्युनतम भौतिक दुरीको पालना समेत गरिएको पाइएन ।

उक्त भिडले कोरोना संक्रमित नभएकालाई पनि संक्रमित बनाउन सक्छ । यो समस्याका विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जसलाई कोरोनाको लक्षण छ र पोजेटिभ देखिएको छ उसको प्राइमरी कन्टयाक्ट ट्रेसिङमा परेकाहरुको मात्र पिसिआर गराए पुग्ने बताउनुहुन्छ । तर ल्यावहरुमा भने कोरोना परिक्षणको लागि भिड लाग्ने गरेको छ । लक्षण केहि नदेखिएकाहरुलाई परिक्षणमा नजान सचेतना जगाउनु बाहेक अर्को विकल्प नभएको प्रवक्ता गौतमल े बताउनु भयो ।

पिसिआर परिक्षण गर्ने ल्यावहरुले पनि मापदण्ड पुरा गरेको हुनुपर्ने उहाँको भनाई छ । कतिपय ल्यावहरुले मापदण्ड पुरा नगरी र भौतिक दुरी कायम नराखी लाइन बसिरहेका छन् । तिनिहरुका लागि स्वास्थ्य मन्त्रालयले कुनै अनुगमन टोली परिचालन सम्बन्धि योजना नबनाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. गौतमले बताउनुभयो ।

कोरोना भाइरस विश्वव्यापी रुपमा फैलिदै गर्दा र नेपालमा एक दुई जना संक्रमित हुँदा आम मानिसमा निकै त्रास अनि डर थियो । पछिल्लो समय समुदाय स्तरमा कोरोना भाइरस फैलिसकेको विज्ञहरु बताउँछन् । सुरुमा सिमित अस्पतालहरुमा मात्र पिसिआर परिक्षण हुन्थ्यो भने अहिले भाइरस जाँच गर्ने निजी ल्यावहरू पनि थुप्रै छन् ।

सरकारले केहि महिना किटको अभाव देखाएको भए खुलेका निजी ल्यावहरूमा भने पिसिआर टेष्ट गर्ने किट जति पनि पाइन्छन् । जथाभावी कोरोना परिक्षणका लागि लाइन बस्ने र भिडभाड गर्दा संक्रमित नभएकालाई समेत संक्रमित हुने जोखिम बढेको छ । सडकसम्म बस्ने लाइनले त सडकमा हिंड्ने यात्रु र वरपरका मानिसलाई समेत संक्रमण जोखिम बढाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);