काठमाडौं, २६ असोज । सोमबार शेयरबजार नेप्से परिसूचकमा १.७४ अंकको सुधार भएको छ । नेप्से १ हजार ५ सय ७८ दशमलब शून्य एक अंकमा पुगेको छ । १ सय ८९ कम्पनीका ६८ लाख १५ हजार ७ सय १० कित्ताशेयर कारोबार ३१ हजार ८ सय ३७ पटकको कारोबारबाट १ अर्ब ९४ करोड ९० लाख ६० हजार १ सय ९४ रुपैयाँमा खरिद बिक्री भएको छ ।
कारोबार आइतबारको तुलनामा ४४ करोड ६४ लाख रुपैयाँले कम हो । आइतबार २ अर्ब ३९ करोड बढीको कारोबार भएको थियो । यस्तै क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स एक दशमलब तीन सात अंकले बढेर ३ सय १३ दशमलब एक शून्य अंकमा पुगेर बन्द भएको छ । सोमबार कारोबार भएका १२ मध्ये ५ वटा समूहको सूचक उकालो लागेको छ ।
बैंकिङ, व्यापार, होटल, विकास बैंक र लघुवित्त समूहको सूचक उकालो लागेको हो । मुक्तिनाथ विकास बैंकको सबैभन्दा बढीको कारोबार भयो । सोमबार मुक्तिनाथ विकास बैंक लगानीकर्ताले बढी कमाउँदा सबैको लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले बढी गुमाएका छन ।