काठमाडौँ, १० असोज । व्यवस्थापिका संसद्को सोमबारका बैठकमा तीनवटा विधेयक पारित भएका छन् । तिनमा विपद् जोखिम न्युनिकरण, देवानी सहिंता र देवानी कार्यविधि संहिता विधेयक छन् ।
ती विधेयक पारित गर्दा तीनैपटक गणपुरक संख्या नपुगेको विषय उठेको थियो । नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले संविधानको धाराा ९४ बमोजिक गणपुरक संख्याको कुरा उठाएका थिए । आजको नागरिक दैनिकमा खबर छ।