रोबर्ट लेवान्डोस्की बने सर्वोत्कृष्ट युरोपेली फुटबल खेलाडी | ईमाउण्टेन समाचार

Our Network

फागुन ६ २०८१, मंगलबार

रोबर्ट लेवान्डोस्की बने सर्वोत्कृष्ट युरोपेली फुटबल खेलाडी

एजेन्सी, १६ असोज । जर्मन क्लब बायर्न म्युनिखका फरवार्ड रोबर्ट लेवान्डोस्की सन् २०१९–२० सिजनको सर्वोत्कृष्ट युरोपेली फुटबल खेलाडी चुनिएका छन् । ३२ वर्षीय पोल्याण्डका स्ट्राइकर लेवान्डोस्कीले बायर्नका समकक्षी म्यानुअल नुयर र म्यान्चेस्टर सिटीका मिडफिल्डर केभिन डि ब्रुएनलाई पछि पार्दै युरोपेली फुटबल महासंघ यूईएफए पुरुष खेलाडी चुनिएका हुन् ।

गत सिजन बायर्नले च्याम्पियन्स लिग, बुन्डेस लिगा र जर्मन कप जित्दा लेवान्डोस्कीले ४७ खेलमा ५५ गोल गर्न सफल भएका थिए । युरोपको शीर्ष पाँच लिगमा उनले अन्य खेलाडीले भन्दा १६ गोल बढी गरेका थिए । बायर्नलाई छैटौँ युरोपियन उपाधि दिलाएका ह्यान्सी फ्लीक उत्कृष्ट प्रशिक्षक चुनिए ।

वर्षको उत्कृष्ट गोलकिपर नुयर छानिए भने डिफेन्डरमा बायर्न कै जोसुआ किमिच चुनिए । डि ब्रुएन उत्कृष्ट मिडफिल्डर बन्दा उत्कृष्ट फरवार्ड रोबर्ट लेवान्डोस्की बने । चेल्सीकी फरवार्ड पर्नेली हार्डर उत्कृष्ट महिला खेलाडी चुनिइन् भने चेल्सी र आइभोरी कोस्टका पूर्व खेलाडी डिडिएर ड्रोग्बाले यूइएफए प्रेसिडेन्डस् अवार्डको सम्मान पाएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);