बेल्जियमका पूर्व राजाकी प्रेमिकाकी छोरीलाई शाही पदवी | ईमाउण्टेन समाचार

Our Network

फागुन ५ २०८१, सोमबार

बेल्जियमका पूर्व राजाकी प्रेमिकाकी छोरीलाई शाही पदवी

एजेन्सी, १६ असोज । बेल्जियमका पूर्व राजा अल्बर्ट द्वितीयकी प्रेमिकाबाट जन्मेकी छोरी डेल्फिन बउलले लामो कानुनी लडाईपछि शाही पदवी प्राप्त गर्नुभएको छ ।

बेल्जीयमको अदालतले अल्बर्ट द्वितीयको सन्तानको मान्यता दिर्दै डल्फीनलाई शाही उपाधि प्रदान गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

अदालतले डल्फीनलाई अल्बर्ट द्वितीयकी विवाहिता पत्नीबाट जन्मिएका अन्य तीन सन्तान सरहको अधिकार प्रदान गर्दै शाही पदवी प्रदान गर्ने फैसला गरेको हो । अदालतको आदेशपछि ५२ वर्षीय डेल्फिन बउलले ’बेल्जियमकी राजकुमारी’को उपाधि पाउनु भएको छ ।

राजा अल्बर्टले गत जनवरीमा डेल्फिनको बाबु भएको स्वीकार गर्नुभएको थियो । डेल्फिनलाई यो अधिकार एक दशक बढी लामो कानुनी लडाईंपछि प्राप्त भएको हो ।

बउलकी आमाले अल्बर्ट राजा हुनुभन्दा अगाडि १८ वर्ष लामो सम्बन्ध रहेको दाबी गरेकी थिइन् । यस बारेमा पहिलोपटक सन् १९९९ मा प्रकाशित भएको अल्बर्टकी श्रीमतीको जीवनीमा खुलासा भएको थियो । डेल्फिनले सन् २००५ मा पहिलोपटक अल्बर्ट आफ्ना बाबु भएको एक अन्तरवार्ता मार्फत खुलासा गर्नुभएको थियो ।

त्यसपछि सन् २०१३ मा अल्बर्टले राजगद्दी त्याग गरेपछि डेल्फीनलाई आफ्नो अधिकारका लागि कानुनी लडाईं सुरू गर्ने बाटो खुलेको थियो । अदालतको निर्णयले डेल्फिन र उहाँका दुई सन्तानले बाबुको थर कायमै राख्न पाउने भएका छन् ।

शाही उपाधि पाएपनि डल्फीनले सो बापत कुनै पनि शाही आर्थिक सहयोग भने पाउनुहुने छैन । तर मुद्दा लड्दा डेल्फिनले खर्च गरेको ३४ लाख युरो भने अल्बर्टले शोधभर्ना गर्नुपर्नेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);