लिभरपुललाई हराउँदै आर्सनल कारबाओ कपको चौथो चरणमा | ईमाउण्टेन समाचार

Our Network

फागुन २८ २०८२, शुक्रबार

लिभरपुललाई हराउँदै आर्सनल कारबाओ कपको चौथो चरणमा

एजेन्सी, १६ असोज । कारबाओ कप फुटबलको चौथो चरणमा आर्सनलले लिभरपुललाई हराएको छ ।

बिहीबार राति लिभरपुललाई पेनाल्टी सुटआउटमा पराजित गर्दै आर्सनल क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।

निर्धारित समयको खेल गोल रहित बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटमा गरिएको थियो । जसमा आर्सनलले ५–४ ले बाजी मार्यो ।

आर्सनलका लागि बर्नड लेनोले दुई पेनाल्टी बचाएका थिए । आर्सनलका लागि जो विलकले विजयी गोल गरे ।

चार दिन अघि प्रिमियर लिगको खेलमा लिभरपुलले आर्सनललाई ३–१ ले हराएको थियो । अब आर्सनलले सेमिफाइनल प्रवेशका लागि म्यान्चेष्टर सिटीसंग प्रतिस्पर्धा गर्नेछ ।

लिभरपुलले प्रिमियर लिग फुटबलमा आईतबार एस्टन भिल्लासंग खेल्नेछ भने आर्सनल सेफिल्ड युनाईटेडबिरुद्ध मैदान उत्रनेछ ।

Leave a Reply