संसदले पारित गरेका कुनै पनि विधेयक फिर्ता लिन मिल्ने प्रावधान छैन –
काठमाडौं, ९ असोज । सभामुख ओनसरी घर्तीले संसदबाट पारित ‘शिक्षा ऐन नवौं संशोधन विधेयक’ फिर्ता लिन नमिल्ने बताएकी छन्।
सभामुख घर्तीले ‘शिक्षा ऐन नवौं संशोधन विधेयक’ मा कहीँकतै त्रुटि भए संशोधनको प्रक्रियाबाट सच्याउन सकिने स्पष्ट पारिन् । विधेयक फिर्ता लिन माग गर्दै सोमबार आफूलाई ज्ञापन पत्र बुझाउन पुगेका विद्यार्थी संगठनका नेताहरुमाझ उनले संसदले पारित गरेका कुनै पनि विधेयक फिर्ता लिन मिल्ने प्रावधान नरहेको बताएकी हुन् ।
यता, विद्यार्थी संगठनहरुले भने शैक्षिक क्षेत्रलाई ध्वस्त बनाउने गरी विधेयक पारित गरिएको भन्दै सरकार र राजनीतिक दलहरुलाई पनि तत्काल फिर्ता लिन ज्ञापन पत्रमार्फत दवाव दिईसकेका छन । विधेयकमा ७५ प्रतिशत शिक्षक नियुक्ती आन्तरिक प्रतिस्पर्धाबाट हुने व्यवस्था गरिएकोमा विद्यार्थी संगठनहरुको आपत्ति छ ।