काठमाडौँ, ९ असोज । बाढीबाट क्षतिग्रस्त भएका तराईका विभिन्न खानेपानी आयोजना मर्मतमा भारतले सहयोग गर्ने भएको छ ।
सोमबार बिहान खानेपानी तथा सरसफाईमन्त्री महेन्द्र यादवसँगको भेटमा नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले तराईका जिल्लामा बाढीले क्षति पु¥याएका खानेपानी आयोजना तथा बोरिङहरुको मर्मत गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपालका विभिन्न खानेपानी आयोजनामा चासो राख्दै आएको भारतले क्षतिग्रस्त आयोजना मर्मतमा पनि सहयोग गर्ने बताएको मन्त्री यादवले जानकारी दिएका हुन् ।
भारतीय राजदुत पुरी मन्त्री यादवलाई भेट्न सोमबार बिहान सिंहदरबारस्थित मन्त्रालयमा पुगेका थिए ।