राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संघसंस्थालाई नियमन गर्न आग्रह | ईमाउण्टेन समाचार

Our Network

फागुन १५ २०८२, शनिबार

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संघसंस्थालाई नियमन गर्न आग्रह

काठमाडाैं,१२ असाेज । सांसदहरुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संघसंस्थाहरुलाई नियमन गर्न समाज कल्याण परिषदलाई आग्रह गरेका छन् ।

सोमबार संसदको महिला तथा सामाजिक समितिमा समाज कल्याण परिषदको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदनमाथिको छलफलमा सांसदहरुले उक्त आग्रह गरेका हुन् ।

नेपालमा काम गरिरहेका संघ संस्थाहरुले आफ्नो उद्देश्य अनुसार लक्षित समुदाय केन्द्रित काम गर्न नसकेका कारण कडाईका साथ नियमन गर्नुपर्ने सांसदहरुको भनाई छ ।समुदाय लक्षित विकास निर्माणका काम गर्नुको सट्टा गैरसरकारी संस्थाहरुले नगद रकम दिएर धर्म परिवर्तनको काम गरिरहेका सांसदहरुको आरोप छ ।

छलफलमा परिषदका उपाध्यक्ष डाक्टर पद्मप्रसाद खतिवडाले गैरसरकारी संघसंस्थाहरुलाई नियमन गर्ने उद्देश्यले उपसमिति गठन गरी काम सुरु गरेको बताउनुभयो । परिषदले विभिन्न ठाउँमा रहेको जग्गा मिलेमतोमा न्यून मूल्यमा भाडामा दिने गरेको, गैर सरकारी संस्थाहरुको नियमन गर्न नसकेको भन्दै आलोचना हुने गरेको छ ।

Leave a Reply