काठमाडौँ, ९ असोज । नेपाल चिकित्सक संघले आफ्ना माग पूरा गर्न दबाव दिदैं स्वास्थ्य मन्त्रालय घेराउ गरेको छ ।
स्वास्थ्य मन्त्रालयसँग भएको पटक–पटकको वार्ता विनानिष्कर्ष टुंगिएपछि नेपाल चिकित्सक संघले दबावस्वरुप सोमबार मन्त्रालय घेराउ गरेको हो । स्वास्थ्य मन्त्रालय घेराउ गर्न सरकारी तथा निजी अस्पतालका दुई सय भन्दा बढी चिकित्सक पुगेका थिए । स्वास्थ्य मन्त्रालय घेराउ गर्न पुगेका चिकित्सकहरुले आफूहरुको आन्दोलन बिरामी मार्न पाउनु पर्ने नभएको बरु स्वास्थ्य क्षेत्रको सुधारका लागि भएको दाबी गरे ।
संघले माग पूरा नभएसम्म आन्दोलन फिर्ता नलिने बताएको छ ।