निष्ठा र आदर्शका प्रतिमूर्ति डा. गोविन्द केसी, जो जीवन मृत्युको दोसाधमा छन् (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८३, आइतबार

निष्ठा र आदर्शका प्रतिमूर्ति डा. गोविन्द केसी, जो जीवन मृत्युको दोसाधमा छन् (भिडियोसहित)

चिकित्सा शिक्षा सुधारका लागि साद्गी चिकित्सक, डाक्टर गोविन्द केसी अनसनरत हुनुहुन्छ । गरिबका छोराछोरीले डाक्टर बन्न पाउनुपर्ने, स्वास्थ्य क्षेत्रका विकृति अन्त्य गर्नुपर्ने र नेपालीले सस्तोमा स्वास्थ्य उपचार गर्न पाउनुपर्ने नैसर्गिक अधिकारको लागि उहाँ लडिरहनु भएको छ । चिकित्सा क्षेत्रमा माफियातन्त्रको अन्त गर्न बारम्बार सरकारमाथि केसीले दबाब दिंदै आउनु भएको छ । यसमा सरकारले पनि साथ दिनुपर्ने हो । किनकि डाक्टर केसीले उठाएका मागहरु आम नेपाली जनताका लागि हुन । जिन्दगीभर चिकित्सा पेशा गरेर पनि छाना र नानाको जोरजाम समेत नगर्नु भएका डाक्टर केसीको शान्त आवाज सम्बोधन गर्न सरकार किन वेवास्ता गर्दै छ ।

आस्था र निष्ठा हराएर गएको वर्तमानमा एउटा चुनौतीपुर्ण नाम बनेको छ डा. गोवन्द केसी । एक पेशाकर्मी, मेहनतले पढेका, सेवाकालिन अवधि समाप्ती संगै निवृत्त जिवन विताइरहेका लौह मानव जस्ले धेरै पक्षलाई तरंगित बनाइरहेको छ । शासकको लागि विरोधी पात्र, माफियाको लागि चुनौतीको पात्र, अनि करोडौ नेपालीहरुको मन मस्तीस्कमा बस्न सफल एक शाहसिक निहत्था योद्धा अहिले पनि स्वास्थ्य क्षेत्रको विकृत्तीलाई हटाउन भन्दै युद्धरत छन ।

धेरै समाचार सुर्किहरुमा उनी सम्पादकीय बनेका छन, सामाजीक संजालहरुमा भाइरल बनेका छन, गाउँका चिया पसलहरुमा कुराकानीका लागि पात्र बनेका छन । यसप्रकार सम्पुर्ण तह र तप्कामा कुनै न कुनै रुपमा उपस्थिती जनाउन सक्ने व्यक्ति कस्तो होला ? कसरी सक्यो होला ? बास्तवमा साधन र स्रोत विहिन एकजोर कपडाले ५ वर्ष चलाउन सक्ने । न घर, न परिवार, न बैक व्यालेन्स विना कुनै तमझम यसरी राज गर्नुको पछाडि कुनचाहि शक्तीले काम गरेको होला? बर्तमानले बुझन नसकेको, इतिहासमा नदेखिएको, भविस्यको नजर अन्दाज गर्न नसक्ने अनि अन्याय अत्याचार देखि माफिया प्रवृत्ति सम्मले आक्रान्त वर्तमानले डा. गोविन्द केसिको बारेमा जान्न र बुझन थुप्रै त्याग र सर्मपण देखाउनु पर्ने देखिन्छ ।

साधन र स्रोतले मानवलाइ ठुलो बनाउन सक्ने भए त्याग र सर्मपणको जरुरत नै पर्ने थिएन । शक्ती प्रदशनले पनि ठुलो बनीदो रहेनछ । नत्र वर्तमान देखि भविष्यमा हुने सम्मका प्रधानमन्त्रीहरुलाई मार्सि चामलको भात खुवाएको हो । जनताले त ठुलो भनेनन । आज तमाम डाक्टरहरु जो चिकित्सकीय पेसामा भगवान देखि दानव सम्मको रुप र भेषमा उपस्थिती देखाउछन । तिनीहरुको पनि चर्चा भएको छैन । चर्चा भएको छ त डा. गोविन्द केसी को । उनलाइ धेरैले मेडिकल माफियाहरुले चलाएको पनि भने तर जनताले पत्याएनन।

मेडिकल माफियाले चलाएको भए उनी एतिखेर आलिशान महलमा हुने थिए । हुम्लादेखि जुम्ला सम्मको अनकन्टार दुर्गम ग्रामीण क्षेत्रमा वृद्ध शरिरलाई १५ किलोको बोझ सहितको झोला बोकेर लौरोको साहारामा लखर लखर देख्नुपर्ने थिएन । उनी मार्सि चामल नरुचेर त्यहा गएका पनि होइनन। सहरका आलिशान डाक्टरहरुलाई एकदिनको काममा पठाउन समेत कठिन ति दुर्गमा भेगमा यत्रो विशिषज्ञता हासिल गरिसकेको व्यक्ति कुनचाहि माफियाले भनेर लखर लखर हिडे होला ।

टेलिभिजनको पर्दाहरुमा पटक पटका आस खसाल्ने यी वृद्ध समाजसेवीलाई कांग्रेसले कम्युनिष्ट देख्छ । कम्युनिष्टले कांग्रेस देख्छ । जो सत्तामा छ त्यसले प्रतिपक्षी देख्छ । प्रतिपक्षमा छदा आफनो भनाउनलाइ मरिहत्ते गर्ने दल सत्तामा पुग्ने वित्तिकै यी वृद्धमाथी भलिभाती खनिन पुग्छ, अनि पुलिस लगाएर डण्डा बर्साउछ ।

वास्तवमा राजनीतिक या अन्य कुनैपनि रंगले डा गोविन्द केसीलाई हेर्नु भनेको महापाप हो । समाज सेवा भन्ने नाउमा खुलेका परोपकार देखि रेडक्रस सम्म आज धेरैको कमाइखाने भाडो बनेको छ । एनजीओ र आइएनजीओहरु पैसाको भरमा समाज सेवाको नाममा विकृत्ति र विसङगति फैलाइरहेका छन ।

समाज सेवा कुन चराको नाम हो ? भन्ने सम्म ज्ञान हासिल नभएकाहरु समाजसेवीको नाउमा राष्ट्रपतीबाट पुरस्कार थाप्छन । गाउँ गाउँ भौतारीने विकृत्ति र विसंगतिबारे स्पष्ट वोल्ने गरिव र निमुखाहरुको आस्थाका केन्द्र बनेका डा गोविन्द केसीको योगदानको सिफरिस गरिदिने सायद कोही छैन ।

त्यसैले होला थुप्रै गन्हाउने व्यक्तिहरुले पाएको पदक र आभुषणले यीनलाई विटुल्याउन पाएन । याद गरौ त्याग र निष्ठालाई यसैगरि अवमुल्याङकन गर्दे जाने हो भने गोविन्द केसि संगै त्याग र सर्मपणको भाव पनि मरेर जाने छ । त्यति मात्रै होइन फेरि त्यो कहिल्यै फर्केर आउने पनि छैन ।

Leave a Reply