काठमाडौं, १ असोज । विपद् व्यवस्थापन परिषद्को बैठक केहि वेरमा बस्ने भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा परिषद्को बैठक बस्न लागेको हो ।
प्रधानमन्त्री अध्यक्ष रहेको परिषद्मा विपक्षी दलका नेता, संघीय सरकारका मन्त्रीहरु, सातै प्रदेशका मुख्यमन्त्रीहरु, राष्ट्रिय योजना आयोगका सदस्य, प्रधानसेनापति, मुख्य सचिव र विज्ञहरुको सहभागिता रहने बताइएको छ ।
बैठकमा देशका विभिन्न जिल्लामा आएको बाढी पहिरोका सम्बन्धमा तत्काल उद्धार, राहत र व्यवस्थापनको विषयमा छलफल हुने बताइएको छ । त्यस्तै कोरोना पछि गरिएको लकडाउन र निषेआज्ञा पछिको चुनौतीका विषयमा समेत आज छलफल हुनेछ ।