जापानका नयाँ प्रधानमन्त्रीमा योशिहिदे सुगा निर्वाचित | ईमाउण्टेन समाचार

Our Network

फागुन १३ २०८१, मंगलबार

जापानका नयाँ प्रधानमन्त्रीमा योशिहिदे सुगा निर्वाचित

एजेन्सी, ३१ भदौ । योसिहिडे सुगा जापानको नयाँ प्रधानमन्त्री निर्वाचित हुनुभएकोे छ । बुधबार जापानी संसदको तल्लो सदनमा भएको चुनावबाट सत्तारूढ दल लिबरल डेमोक्रेटिक पार्टी एलडिपीका नेता सुगा प्रधानमन्त्री चुनिनुभएको हो । संसदको तल्लो सदनका ४ सय ६२ मध्ये सुगाका पक्षमा ३ सय १४ मत खसेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

पूर्वप्रधानमन्त्री सिन्जो आबेका निकट सहकर्मीका रूपमा काम गर्नुभएका सुगा सोमबार भएको सत्तारूढ नेतृत्वको चुनावमा समेत अत्याधिक मतले विजयी हुनुभएको थियो । यसअघि प्रमुख क्याबिनेट सेक्रेटरी समेत रहनुभएका ७१ वर्षीय सुगाले प्रधामन्त्रीमा चुनिएपछि आबेको विदेश र अर्थ नीतिलाई निरन्तरता दिने बताउनु भएको छ ।

सुगाले अब सन् २०२१ सेप्टेम्बरसम्म पार्टी प्रमुख र प्रधानमन्त्रीको पद सम्हाल्नु हुनेछ । यस अघिका प्रधानमन्त्री आबेले अगस्ट अन्तिम साता स्वास्थ्यका कारण राजीनामा दिनुभएको थियो । उत्तर जापानका स्ट्रबेरी किसानका छोरा सुगाले स्थानीय तहको सदस्यको रूपमा राजनीति सुरू गर्नुभएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);